×

Vajra NTV

बुद्धजयन्तीको पावन अवसरमा दुई अमूल्य आध्यात्मिक कृतिहरू सार्वजनिक, गरियो नि:शुल्क वितरण


काठमाण्डौ | टाशी छेरिङमा(दीर्घायुषी देवी) को निर्माणकाय श्रद्धेय धर्मगुरु जेचुन साङ्ग्ये खाण्डो रिन्पोछे ज्यूद्वारा लिखित “मृत्युपछिको संसार” तथा आध्यात्मिक प्रेरणाले ओतप्रोत खेन्पो पाल्साङ नोर्बु भोम्जन लामा ज्यूद्धारा अनवादित “खाण्डो डोवासाङ्मो (गगनचारी) को जीवनकथा” पुस्तकहरू सार्वजनिक भएका छन् ।

पुस्तकका लेखक एवं टाशी छेरिङमा(दीर्घायुषी देवी) को निर्माणकाय श्रद्धेय धर्मगुरु जेचुन साङ्ग्ये खाण्डो रिन्पोछेज्युका अनुसार “मृत्युपछिको संसार” ले जीवन, कर्म, मृत्यु र मृत्यु पश्चात्को रहस्यमय यात्रामाथि प्रकाश पार्दै बर्दो अवस्था, कर्मफलको सूक्ष्म न्याय, करुणा, बोधिचित्त र सत्कर्मको महत्त्वलाई हृदयस्पर्शी ढंगले उद्घाटित गर्दै भौतिक व्यस्ततामा हराइरहेको मानवलाई यस कृतिले वास्तविक शान्ति बाहिर होइन, आफ्नै अन्तर्मनमा निहित भएको र रही आएको सम्झाउने दावी गर्नु भएको छ ।

त्यसैगरी “खाण्डो डोवासाङ्मो (गगनचारी) को जीवनकथा” पुस्तकका लेखक एवं श्रद्धेय धर्मगुरु खेन्पो पाल्साङ नोर्बु भोम्जन लामाज्यु पुस्तक बारे प्रकाश पार्दै भन्नु हुन्छ “मानव जीवनका संघर्ष, पीडा, अन्याय, करुणा, सहनशीलता र सद्धर्मको विजयलाई अत्यन्त मार्मिक रूपमा चित्रण गर्दछ। दिदीभाइको दुःखमय यात्रा, कठिन परिस्थितिमा पनि सत्य र धर्ममा अडिग रहने अदम्य शक्ति, तथा मातृकरुणाको असीम संरक्षणले यस कृतिलाई केवल कथा नभई चेतनाजागरणको अमर सन्देश बनाएको छ।”

बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रका अध्यक्ष समेत रहनु भएका खेन्पो बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रद्वारा प्रकाशित दुई कृतिहरु बारे थप प्रस्ट पार्दै भन्नु हुन्छ “यी दुवै कृतिहरूले एउटै सत्य उद्घोष गर्छन् धर्मको विजय अनिवार्य छ, करुणाको शक्ति असीमित छ, र शुभकर्मको फल अवश्य प्राप्त हुन्छ। जीवन, मृत्यु, कर्म, करुणा र चेतनाबोधको रहस्य बुझ्न चाहने प्रत्येक साधक, पाठक र सत्यअन्वेषीका लागि यी कृतिहरू प्रेरणादायी दीपस्तम्भ बन्ने विश्वास लिएका छौं।यस पुण्यकर्मको फल सम्पूर्ण प्राणीहरूको कल्याण, दुःखनाश र शीघ्र बुद्धत्व प्राप्तिको हेतु बनोस्। “

औपाचारिक कार्यक्रम नभएता पनि दुई पुस्तकहरुको सार्वजनिक गरिने क्रममा बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रका सदस्य एवं धर्म अनुरागी उपाशक- उपाशिकाहरुको बाक्लो उपस्थिति रहेको थियो। बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रको प्रधान कार्यालय मैत्री फेमिली होमस्टे, कपन सोलु डाँडा,काठमाण्डौमा बुद्धजयन्तीको पावन अवसरमा सार्वजानिक गरिएका पुस्तकहरु श्रद्धेय धर्मगुरु जेचुन साङ्ग्ये खाण्डो रिन्पोछे ज्यू मार्फत उपस्थित सम्पूर्ण धर्म अनुरागी मित्रहरुमा नि: शुल्क वितरण समेत गरिएको थियो ।

टाशी छेरिङमा(दीर्घायुषी देवी) को निर्माणकाय श्रद्धेय धर्मगुरु जेचुन साङ्ग्ये खाण्डो रिन्पोछे ज्यूको धर्म देशना ग्रहण गर्नुहोस्


More

View All

News

Health

Sports