काठमाडौं । मंसिर २३ गते
आज बिहान ११ बजे नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ। माओवादीको प्रदेश सम्मेलनको विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रले २५ मंसिरमा एकैपटक गैरभौगोलिकसहित १० प्रदेशमा सम्मेलन गर्दै छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट एकैपटक प्रदेश सम्मेलन उद्घाटन गर्ने कार्यक्रम माओवादीले बनाएको छ।
आगामी पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलनअघि माओवादीले देशैभरी वडादेखि प्रदेश सम्मका सम्मेलन गरिरहेको छ।