×

Vajra NTV

रुसलाई आफ्नो सीमा क्षेत्रमा परिचालन गरिएका सैनिक फिर्ता लैजान युक्रेनद्वारा आग्रह


काठमाडौं । माघ १७ गते
रुसलाई आफ्नो सीमा क्षेत्रमा परिचालन गरिएका सैनिक फिर्ता लैजान युक्रेनले आग्रह गरेको छ।रुसको सेना युक्रेनको सीमामा परिचालन गरिएपछि उसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका अमेरिकालगायत पश्चिमा मुलुकले गरेका छन्।

युक्रेनले रुसलाई आफ्नो सेना फिर्ता लैजाँदै निरन्तर वार्ताको माध्यमबाट अहिलेको समस्या समाधानको लागि आग्रह गरेको हो। युक्रेनका विदेशमन्त्री डीमिट्रो कुलेबाले सामाजिक सञ्जाल ट्वीटरमार्फत रुसलाई यस्तो आग्रह गरेका हुन्।यसैबीच क्यानडाले युक्रेनबाट आफ्ना आवश्यक कामबाहेकका कर्मचारीलाई फिर्ता ल्याउने भएको छ।


More

View All

News

Health

Sports