काठमाडौं । मंसिर २३ गते
महाधिवेशनपछि गाउँ फर्किएर आम निर्वाचनमा पार्टीलाई जिताउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गर्नु भएको छ । आज कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।

पार्टीको १४औँ महाधिवेशन प्रजातन्त्रको भविष्यका लागि महत्वपूर्ण रहेको समेत सभापति देउवाको भनाइृ छ। महाधिवेशन नेपालको प्रजातान्त्रकको भविष्यका लागि महत्वपूर्ण रहेकाले सबै उत्साहका साथ गाउँ घर फर्केर पाटीलाइ चुनाव जपताउन लाग्न अनुरोध गर्नु भएको छ । उहाँले सहमतिबाट आगामी नेतृत्व चयन गर्ने बताउँदै नभएमा स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
सभापति देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने र सहमतिका लागि गरिएको प्रयास सफल नभए मात्रै निर्वाचनबाट नेतृत्व चयन हुने पनि स्पष्ट पार्नु भएको छ ।