काठमाडौं । पुष १ गते
बुधबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । आर्सनलले वेस्ट ह्याम युनाईटेडलाई २–० गोल अन्तरले हराएको हो ।आर्सनललाई जित दिलाउन गाब्रियल मार्टिनेली र इमिल स्मिथले एक एक गोल गरेका थिए ।
खेलको ४८ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।६७ औं मिनेटमा भ्लादमिर काउफलले रातो कार्ड पाएपछि वेस्ट ह्याम १० खेलाडीमा समेटियो ।खेलको ६९ औं मिनेटमा आर्सनलका एलेक्सजेन्ड्रा लाकाजेट्टीले पेनाल्टीमा गोल गर्न सकेनन् ।
त्यसपछि खेलको ८७ औं मिनेटमा इमिलले गोल गर्दै आर्सनललाई २–० को जित दिलाएका थिए ।यस जितसँगै आर्सनलले १७ खेलमा २९ अंक जोडेको छ ।आर्सनल चौंथो स्थानमा उक्लिएको छ ।वेस्ट ह्याम २८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ ।