काठमाडौं । पुष १ गते
तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएर माघ १९ को घटना भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउ नुभएको छ ।बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शपथ गराउने कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाउनुभएको हो ।
ओलीले शेयर कारोबारीले चन्दा नदिएकाले प्रचण्डले शेयर बजारबारे बडो क्रान्तिकारी भएर बोलेको टिप्पणी पनि गर्नुभयो ।फरक प्रसंगमा नेपाली कांग्रेसप्रति टिप्पणी गर्दै कांग्रेसको गलत तत्वसँग साँठगाँठ रहेको आरोप लगाउँदै कांग्रेसलाई प्रतिगामीहरूसँग साँठगाँठ गर्ने काम छोड्न आग्रह पनि गर्नुभयो ।
ओलीले अस्थिरताको संवाहक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भएको आरोप पनि लगाउनुभयो ।