×

Vajra NTV

युक्रेनबाट ज्यान जोगाउन १२ लाख बिस्थापित बिस्थापित भएका छन् – संयुक्त राष्ट्रसंघ


काठमाडौंं । फागुन २१ गते
संयुक्त राष्ट्रसंघले युद्धबाट ज्यान जोगाउनका लागि १२ लाख भन्दा बढी सर्वसाधारण युक्रेनबाट बिस्थापित भइसकेको जनाएको छ ।रुसले युक्रेनमा गरेको आक्रमण १० औँ दिनमा प्रवेश गरेको छ ।शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगका अनुसार बिस्थापित भएका मध्ये आधा बन्दा बढीले छिमेकी देश पोल्याण्डमा शरण लिएका छन् ।गएको बिहीबार (मार्च ३० सम्मको तथ्यांक अनुसार पोल्याण्डमा ६ लाख ५० हजार युक्रेनीले शरण लिएका छन् । एक लाख ५० हजारजना हंगेरी पुगेका छन् ।

बाँकी छिमेकी देशहरु माल्डोभा, स्लोभाकिया र रोमानिया गएको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगले जनाएको छ ।आन्तरिक रुपमा पनि धेरै मानिस बिस्थापित भएको छ । शरणार्थीको संख्या अझै बढ्ने र त्यसका लागि ठूलो मानवीय सहायताको खाँचो पर्ने उल्लेख छ । युद्ध जारी रहेमा ४० लाख मानिस बिस्थापित हुने जनाइएको छ ।यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी माथिल्लो सदन सिनेटलाई सम्बोधन गर्ने भएका छन् । सिनेटले उनलाई सम्बोधनका लागि निम्ता दिएको हो ।


More

View All

News

Health

Sports