×

Vajra NTV

आज खप्तड गोल्डकपमा फ्रेन्ड्स र क्यामरुनको एभेनिर भिड्दै


काठमाडौं । फागुन २२ गते
आज सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा एक खेल हुँदैछ ।प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गरिरहेको छ । प्रत्यक्ष प्रशारण फेसबुक पेज र युट्युबबाट हेर्न सकिनेछ ।धनगढी रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र क्यामरुनको एभेनिर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो ३ बजे सुरु हुनेछ ।ए डिभिजन क्लब फ्रेन्ड्स आज क्यामरुनी टोलीलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ । क्यामरुनको एभेनिर पनि फ्रेन्ड्सलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ ।

उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।


More

View All

News

Health

Sports