काठमाडौं । फागुन २४ गते
रुसको कच्चा तेल आयातमा अमेरिका र युरोपले प्रतिबनध लगाएमा त्यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३०० डलर प्रतिब्यारलसम्म पुग्न सक्ने आकलन गरिएको छ । रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले सोमवार यस्तो चेतावनी दिएका हुन् । रुसी तेल आयातमा प्रतिबन्ध लगाउँदा त्यसको विनाशकारी परिणाम आउने उनको भनाइ छ ।

नोभाकका अनुसार, युरोपेली बजारमा रुसी तेलको तत्काल विकल्प खोज्न सम्भव छैन । त्यसका लागि एक वर्ष लाग्न सक्छ र त्यतिखेरसम्म युरोपेली उपभोक्ताहरूले अत्यधिक महंगो मूल्यमा तेल किन्नुपर्ने हुन्छ । रुसी तेलमाथि प्रतिबन्ध लगाउँदा अस्थिरता उत्पन्न हुने र उपभोक्ताहरूलाई निकै घाटा लाग्ने नोभाकको भनाइ छ ।