×

Vajra NTV

अमेरिकामा रुसबाट हुने सबै प्रकारका तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाउने बाइडेनद्वारा घोषणा


काठमाडौं । फागुन २५ गते
अमेरिकामा रुसबाट हुने सबै प्रकारका तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन् । युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिने उद्देश्यसहित बाइडेनले उक्त प्रतिबन्ध लगाएका हुन् । मंगलबार ह्वाइट हाउसमा बोल्दै बाइडेनले रुसी अर्थतन्त्रको प्रमुख हतियारलाई लक्षीत गरी प्रतिबन्ध लगाइएको जानकारी गराएका छन् ।यद्दपि, अमेरिका आफ्नो उर्जा आपूर्तिका लागि रुसमा धेरै निर्भर नभएका कारण बाइडेनको प्रतिबन्धले रुसलाई खासै असर नगर्ने विश्लेषकहरुले बताएका छन् ।

सन् २०२१ मा अमेरिकाले रुसबाट दैनिक २ लाख ९ हजार ब्यारेल कच्चा तेल आयात गरेको थियो । जुन अमेरिकाको कुल कच्चा तेल आयातको ३५ मात्र हो । पश्चिमा अधिकारकर्मी तथा युक्रेनी नेताहरुले अमेरिका र युरोपलाई रुसी तेलमा प्रतिबन्ध लगाउन आग्रह गर्दै आएका थिए । तर रुसी तेलमा निर्भर युरोपेली राष्ट्रहरु भने प्रतिबन्ध लगाउन संकोच मान्दै आएका छन् । युरोपली राष्ट्रहरुमा भने उर्जा आपूर्तिको ठूलो हिस्सा रुसले ओगटेको छ । युरोपेली युनियनमा आपूर्ति हुने करिब ३५५ प्राकृतिक ग्यास रुसबाट आयात हुने गरेको छ ।


More

View All

News

Health

Sports