×

Vajra NTV

रुसमाथि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले लगाए नरसंहारको आरोप


काठमाडौं । फागुन २६ गते
रुसमाथि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नरसंहारको आरोप लगाएका छन्। बुधबार युक्रेनको मारिउपोलस्थिल बाल अस्पतालमा भएको बम आक्रमणपछि जेलेन्स्कीले यस्तो बताएका हुन्।बुधबारको यो आक्रमणको कारण अस्पतालमा रहेका बालबालिकाहरु भित्रै फसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। मारिउपोल सहर परिषद्का अनुसार अस्पतालमा धेरैपटक रुसले आक्रमण गरेको थियो। अमेरिकाले यो आक्रमणको निन्दा गरेको छ।

यो आक्रमण ‘निर्दोष नागरिकमाथि बर्बर सैन्य शक्तिको प्रयोग’ भएको अमेरिकाको ठहर छ। रुसले सहरमा फसेका मानिसहरुलाई बाहिर जान दिन भन्दै युद्धविराम घोषणा गरेकै समयमा यो आक्रमण भएको हो।मारिउपोल सहरका मानिसहरु एक साताभन्दा लामो समयदेखि पानी र विद्युत् अभावमा रहँदै आएका छन्। बुधबार टेलिभिजनमार्फत सम्बोधन गर्दै जेलेन्स्कीले अस्पतालहरु ध्वस्त पारेको भन्दै रुसको निन्दा गरेका छन्।

 


More

View All

News

Health

Sports