काठमाडौं । पुष ३ गते
अर्जुन जंगबहादुर सिंह नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पिछडिएको क्षेत्र (खुल्ला) तर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् । सिंह सभापति शेरबहादुर देउवा पक्षका हुन ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सिंहका प्रतिस्पर्धी दीपकजङ्ग शाहले २०५६ मत प्राप्त गरेका छन्। मतदानमा जम्मा ४६७२ मत खसेको थियो। ३९ मत बदर भएको समितिले जनाएको छ।