×

Vajra NTV

आज झापा गोल्डकपको फाइनल खेलमाआर्मी र झापाबीच प्रतिस्पर्धा हुँदै


काठमाडौं फागुन ३० गते
आज झापा गोल्डकपको फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ ।बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्न चाहन्छ ।झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो ।आइतबार बिर्तामोडस्थित होटल दि किङ्सबरीमा भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताएका थिए ।यसअघि तीनपटक आर्मीले झापा गोल्डकपको उपाधि जितेको छ ।

आर्मीले ३ वटै संस्करणमा झापाको चुनौती पन्छाउँदै उपाधि जितेको हो ।अघिल्लो संस्करणको समेत उपाधि जितेको आर्मीका लागि घरेलु टोली घातक सावित हुन सक्छ । झापाले भने चारपटक नै उपविजेतामा चित्त बुझाएको हो । उसले दोश्रो संस्करणमा मनाङ मस्र्याङदीसंग पराजित बनेको थियो ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।

उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।झापा गोल्डकपले यसपटक झापा–११ का खेलाडी विशाल राई ‘ए’लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिने भएको छ।

 


More

View All

News

Health

Sports