×

Vajra NTV

आईसीसी क्रिकेट विश्वकपमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै


काठमाडौं । चैत ४ गते
आज आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ।सारजाहमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युएईसँग प्रतिस्पर्था गर्न लागेको हो । युएई र नेपालबीचको खेल बिहान ११.१५ बजे शुरू हुनेछ ।

आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी० लाई २ विकेटले हराएको थियो ।युएई पनि लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो ।


More

View All

News

Health

Sports