काठमाडौं । चैत ७ गते
आज नेपालले भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोलीको सामना गर्दैछ ।जमसेदपुरमा नेपालले बलियो टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७.१५ बजे सुरु हुनेछ।आज भारतलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो भेटमा भारतले नेपाललाई ७–० ले हराएको थियो ।

भारत उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । २ खेलमा अंक विहीन नेपाल पुछारमा रहेको छ ।पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको थियो ।भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।बंगलादेश ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।शीर्ष टोलीले उपाधि जित्नेछ ।