×

Vajra NTV

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत ९ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज मालसामान हराउने योग रहेको छ भने सहकर्मीबाट विरोध आउने र गलत निर्णय लिन पुगिनुका साथै चोटपटकको भय पनि छ, बढी सचेत रहनुहोला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज ठीक समयमा सही निर्णय लिन सकिनुका साथै कलासाहित्यमा रुचि बढ्ने योग रहेको छ भने सामाजिक कार्य अघि बढ्ने तथा कृषि कारोबारमा सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज महत्त्वपूर्ण कामको थालनी हुनुका साथै मनमा शान्ति र प्रसन्नता छाउने तथा समाजसेवामा मन लाग्ने तथा शिक्षामा सामान्य सफलता मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्ने योग रहेको छ भने शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आफ्नो विचार विपरित निर्णय हुने र गरेको काममा ढिलासुस्ती हुने योग रहेको छ भने साझेदारीमा पनि उल्झन आउने तथा तर शेयर बजारले साथ दिनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज स्वादिष्ट खानपिन खान पाइनुका साथै एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने तथा नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनुका साथै धर्मकर्म तथा समाजसेवामा मन लाग्ने तथा नयाँ विद्या र ज्ञान सिक्ने मौका मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज महिला वर्गबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज स्वास्थ्यप्रति सजग रहन आवश्यक रहेको छ भने आफ्नो अधिकार प्राप्तिका लागि बढी संघर्ष गर्नु पनुे तथा मनमा दुबिधा पनि उत्पन्न रहला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज घर परिवारसँग सुख र मनोरञ्जन पूर्वक दिन बित्ने योग रहेको छ भने नसोचेको ठाउँबाट धनागम हुने तथा बिनाप्रतिस्पर्धा फाइदा हुने योग पनि छ ।

कुम्भ
गे, गो, सा, सि, सु, से, सो, दा
आज स्वादिष्ट सुखद् भोजन मिल्ने योग रहेको छ भने पार्टी तथा सेमिनारमा सहभागी भइनुका साथै प्रयत्न गरे फाइदा लिन सकिने तथा साथीभाइसँग समय बित्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सामाजिक र राजनैतिक कार्यमा विशेष सफलता मिल्ने योग रहेको छ भने सांगीतिक क्षेत्रमा रुचि बढ्ने, तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

 


More

View All

News

Health

Sports