काठमाडौं । चेत ११ गते
आज बिहान भएको खेलमा फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ ।दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा ब्राजिलले चिलीलाई ४–० गोल अन्तरले हराएको हो ।ब्राजिलको जितमा नेयमार, भिनिएस जुनियर, फिलिपे कौटिन्हो र रिचार्लीसनले एक एक गोल गरेका थिए ।

खेलको ४४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा जुनियरले गोल गर्दै ब्राजिलको अग्रता २–० को बनाएको थिए । खेलको ७२ औं मिनेटमा कौटिन्होले पेनाल्टीमा गोल गर्दा ब्राजिलको अग्रता तेब्बर बनेको थियो । त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४–० को जित दिलाएका थिए ।यस जितसँगै ब्राजिलले १६ खेलमा ४२ अंक जोडेको छ ।ब्राजिल शीर्ष स्थानमा रहेको छ ।