×

Vajra NTV

इन्डियन प्रिमियर लिगमा हैदरावादमाथि राजस्थानको जित


काठमाडौं । चैत १६ गते
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मंगलबार राति राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ।पुनेमा राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४९ रन बनाउन सक्यो ।हैदरावादका लागि एडिन माक्रमले सर्वाधिक ५७ रन बनाए ।

वासिङटन सुन्दरले ४० तथा रोमारियो शेफर्टले २४ रनको योगदान गरेका थिए ।राजस्थानका युजभेन्द्र चाहलले ३ तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले २–२ विकेट लिएका थिए ।यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० को विशाल योगफल तयार पारेको थियो ।राजस्थानका कप्तान सन्जु सामसनले सर्वाधिक ५५ रन बनाएका थिए भने देबदुत पडिकलले ४१ रन जोड्दा जोश बट्लरले ३५ रन बनाएका थिए ।आक्रमक ब्याटिङ गरेका सिम्रन हिटमयेरले ३२ तथा यासभी जैशवालले २० रनको योगदान गरेका थिए । हैदरावादका टी नटराजन र उम्रान मलिकले २(२ विकेट लिए । जितसँगै राजस्थानले १ खेलबाट २ अंक जोडेको छ ।


More

View All

News

Health

Sports