काठमाडौं । चैत २० गते
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुरले जित निकाल्दा तेस्रो स्थानको चेल्सीले भने हार बेहोरेको छ ।सिटीले बर्नलीलाई २–० अन्तरले हरायो । खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । २५औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई २–० को सहज जित दिलाएका थिए ।अर्को खेलमा लिभरपुलले वाट्फोर्डलाई २–० गोल अन्तरले नै हरायो ।

लिभरपुलको जितमा डिएगो जोटा र फाबिन्होले समान एक–एक गोल गरेका थिए ।२२औँ मिनेटमा जोटाले गोल गर्दै टोलीलाई अग्रता दिए । ८९औं मिनेटमा फाबिन्होले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई २–० को जित दिलाएका थिए ।अर्को खेलमा भने चेल्सी अप्रत्याशित नतिजा पायो । उसलाई घरेलु मैदानमै ब्रेन्टफोर्डले ४–१ अन्तरले हरायो ।
४८औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५०औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ को स्थितिमा ल्याए ।खेलको ५४औं मिनेटमा क्रिस्टियन एरिक्सन, ६०औं मिनेटमा भिटालीले व्यक्तिगत दोस्रो र ८७ औं मिनेटमा विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४–० को जित दिलाएका थिए ।
अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । ३० खेल खेलेको सिटी ७३ अंक सहित शीर्ष स्थानमा छ । ७२ अंकको लिभरपुल दोस्रो स्थानमा रहदा ५९ अंकको चेल्सी तेस्रो स्थानमा छ ।