काठमाडौं । पुष ६ गते
डिसेम्बर २३ देखि ३२ तारिखसम्म यूएईमा एसीसी यू–१९ पुरुष एसिया कप आयोजना हुँदैछ। सो प्रतियोगितामा सहभागी मात्र नबन्ने बरु नकआउट चरणका पुग्ने लक्ष्यका साथ नेपाली टिम यूएई प्रस्थान गर्दैछ।नकआउट चरण भनेको प्रतियोगिताको सेमिफाइनल हो।प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, यूएई, अफगानिस्तान र कुवेत समावेश छन्। यी सबै टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र यूएई छन् भने समूह बीमा बाँकी देशहरु छन्।त्यसैले नेपाल तुलनात्मक रुपले सजिलो समूहमा परेको विश्लेषण गरिएको छ। विगतका सिजनमा नेपालको समूहमा भारत, पाकिस्तानजस्ता टिमहरु परिरहेका हुन्थे। यो पटक बंगलादेश र श्रीलंका छन्। दुवै टिम टेस्ट मान्यता पाइसकेका टोली हुन्।