काठमाडौं । मंसिर १६ गते
डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने यसअघिको योजना हालका लागि भारतले स्थगित गरेको छ । कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने योजना हालका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले एक परिपत्र जारी गर्दै ओमिक्रोनबाट उत्पन्न पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको र भारतबाट वा यसतर्फ हुने अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने मितिबारे उपयुक्त समयमा जानकारी गराइने महानिर्देशनालयले जारी गरेको परिपत्रमा उल्लेख छ ।