×

Vajra NTV

रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा प्रवेश


काठमाडौं । बैशाख ४ गते
चिरपरिचित म्यानचेस्टर सिटीलाई ३–२ अन्तरले पराजित गर्दै लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार वेम्बली रंगशालामा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीमाथि जित निकाल्दै सात पटकको च्याम्पियन लिभरपुल १० वर्षपछी उपाधी नजिक रहेको छ।

सन् २०१२ पछि लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको हो ।लिभरपुलको जितमा साडियो मानेले दुई तथा इब्राहिम कोनाटले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बर्नाडो सिल्भाले गोल फर्काएपनि टोलीले हार टार्न सकेन लिभरपुलले उपाधिका लागि आइतबार साझ चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासंग खेक्नेछ ।


More

View All

News

Health

Sports