काठमाडौं । बैशाख ५ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्ने योग रहेको छ भने साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनुका साथै आकस्मिक धन लाभ हुनसक्छ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ कार्यको चर्चा चल्ने योग रहेको छ भने प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ भने राजनीति तथा समाजसेवामा मन लाग्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट सहयोग पाइने तथा शुभ समाचार पनि सुन्न पाइएला ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज राज्यबाट मान सम्मान पाइने योग रहेको छ भने आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, तर स्वास्थ्य प्रति सचेत रहनु पर्छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नसोचेको ठाउँबाट धनागम हुने योग रहेको छ भने वैदेशिक क्षेत्रको कार्य विस्तारै अघि बढ्ने तथा विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने शिक्षामा सफलता पाइने तथा स्वास्थ्यमा सुधार आएपनि स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुने योग रहेको छ भने न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्ने तथा साँझमा नरमाइलो समाचार सुनिएला ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफूलाई कमजोर भएको अनुभूति हुने योग रहेको छ भने कुनै कारणले महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्नुका साथै सानातिना समस्यामा अल्झनुपर्नेछ ।
धनु
धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आफ्नो कर्तव्य तथा समाजसेवामा मन लाग्नुका साथै प्रतिष्ठित काम गरेर अवसर हात पार्ने योग रहेको छ भने जोशजाँगर र मनोबल उच्च रहनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
महिला वा मित्रबाट विशेष आज भाग्यले साथ दिने योग रहेको छ भने दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज यात्रा नगरेकै जाती हुने योग रहेको छ भने झन्झटिलो काममा संलग्न हुनुपर्ने तथा नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ ।