काठमाडौं । बैशाख ६ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज अपजस मिल्नसक्ने भएकाले सजग रहर्ने तथा आर्थिक कारोबार र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मल्याङ्कन हुने योग रहेको छ भने आफन्तको प्रगतिले मन रमाउने तथा रोकिएका काम भने यथावत् नै रहनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज नयाँ र मङ्गल कार्यको योजना बन्ने योग रहेको छ भने राज्य र समाजबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज वरपरका इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्ने योग रहेको छ भने मनमा हर्ष, उमङ्ग र उत्साह छाउने तथा प्रेमी र प्रेमिकाको सहयोग मिल्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सामान हराउने वा चोरी हुने योग रहेको छ भने टाउको एवं आँखा दुख्ने समस्या बढ्ने तथा आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने योग रहेको छ भने घरको सामान्य मनोरञ्जनमा सहभागिता भइने तथा आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज कुनै कुराले मनमा शान्ति छाउने योग रहेको छ भने चिताएको र गरेको कार्यमा सफलता पाइने तथा पुनर्मिलनको योग पनि रहेको छ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज राज्यबाट सहयोग पाइने योग रहेको छ भने प्रेम सम्बन्ध कसिलो हुँदै जाने तथा सेयरबजार र कृषि कारोबारमा अधिक सफलता मिल्नेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सानातिना बाधाअड्चन आइलागे पनि काम नरोकिने योग रहेको छ भने कार्य सम्पादनमा सहजता मिल्ने तथा विद्या र बुद्धिको विकास हुनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
प्रतिष्ठा कमाउनुका साथै परिवारसँग समय बिताउने अवसर जुट्ने तथा शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुने तथा धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज शेयरबजारबाट लाभ मिल्ने योग रहेको छ भने वैदेशिक कारोबारमा अधिक सफलता मिल्ने तथा शुभ कार्यको चर्चा चलनेछ र सफल यात्रा पनि हुनेछ ।