×

Vajra NTV

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । बैशाख ७ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आफन्त वा सहकर्मीबाट विरोध आउने योग रहेको छ भने चोटपटकको भय छ, सचेत रहनुपर्ने तथा यात्रामा सामान पनि हराउन सक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने महिला वर्गबाट विशेष सहयोग मिल्ने तथा महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज विपरीत वर्ग प्रति आकर्षण बढ्ने योग रहेको छ भने राजनैतिक कार्यमा सफलता मिल्ने तथा वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज कुनै कुराले मन प्रसन्न रहने योग रहेको छ भने राजनैतिक कार्य र समाजसेवामा मन लाग्ने तथा वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने बिनाप्रतिस्पर्धा फाइदा हुने तथा घरायसी मनोरञ्जन हुनेछ, तर स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुहोला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेयोग रहेको छ भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै धर्मकर्म तथा समाजसेवामा मन लाग्ने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने सामाजिक काममा सहभागी भइनुका साथै रोकिएको कामलाई दोहोर्याएर प्रयास गर्दा फाइदा हुन सक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज मनमा दुबिधा हुने र स्वास्थ्यमा समस्या आउनुका साथै अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने तथा सरकारी निकायको भय रहनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज संगीत, कला र साहित्यमा रुचि बढ्ने योग रहेको छ भने ठीक समयमा सही निर्णय लिन सकिने तथा घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग रहेको छ भने नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज मान प्रतिष्ठामा वृद्धि हुनुका साथै धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुने तथा नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।


More

View All

News

Health

Sports