काठमाडौं । बैशाख १४ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ भने सानो तिना समस्यामा अल्झनुपर्ने तथा शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज भाग्यले विभिन्न अवसर जुराउनुका साथै मनमा शान्ति र अनुहारमा कान्ति छाउने तथा सांगीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
् आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने योग रहेको छ भने सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने तथा शुभारम्भको चर्चा पनि चल्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज महत्त्वपूर्ण कामको थालनी हुने योग रहेको छ भने परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनुका साथै सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नाक तथा घाँटीमा समस्या आउने योग रहेको छ भने सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ भने बन्न लागेको काम पनि बिग्रिएला ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने योग रहेको छ भने आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नुका साथै प्रेम सम्बन्ध कसिलो हुनेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
रोकिएका काम पुनः सुरु हुनुका साथै आर्थिक कारोबारमा सफलता पाइने योग रहेको छ भने महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज ठीक समयमा सही निर्णय लिन सकिने योग रहेको छ भने राजनैतिक क्षेत्रमा सफलता मिल्ने तथा व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आजबाट भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने धर्मकर्म तथा समाजसेवामा मन लाग्ने तथा नयाँ काम सुरु गर्ने समय पनि छ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग रहेको छ भने साथीभाइले राम्रै सहयोग गर्ने तथा तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने न्यायिक कार्यमा सफलता मिल्ने तथा व्यापार व्यवसायबाट विस्तारै लाभ हुनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय योग रहेको छ भने श्रमको उचित मूल्याङ्कन हुने तथा प्रेम जीवन सबल र सफल रहनेछ ।