काठमाडौं । जेठ १७ गते
फरक कथा र फरक टेलिफिल्म बन्ने र बनिरहने होडाबाजी अहिले नेपालमा कलाकारहरुमा देखिरहेको हुन्छौ । यसै गरि नयाँ कथा संग बनिरहेको सरु नामक टेलिचलचित्र राम्रो बनिरहेको देखिन्छ । यस टेलिचलचित्र लाई MMAnju official बाट रिलिज गरिएको छ ।

त्यस्तै पन्चली टेलिभिजनबाट प्रत्येक आईतवार बेलुका ८ बजे प्रसारण गरिने छ । टेलिचलचित्रको निर्मातामा राई जेठा , फुर्बा लिम्बू , राजु थापा रहेका छन भने छायाङ्कन आलोन वाईबाले गरेका छन् । सम्हालेको टेलिफिल्म सरुलाई राई जेठाले निर्देशित गरेका छन् ।
टेलिफिल्म सरुमा समाजमा भैरहेको रुडिबादी परम्परा, नारीको कथा,बेथालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । यस टेलिचलचित्रमा राई जेठा , राजु थापा मगर , बिनिता पुन , मुना पान्डे , राज कुमारी राई , मदन केसि , कमला लिम्बू , निर्जला राना मगर , मिलन भट्टराई, रन्जिता तामाङ लगायतका कलाकारहरु दमदार अभिनय रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्