काठमाडौं । मंसिर १६ गते
विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपालले तयारीका लागि पाँच वर्षको समय पाएको भन्दै यसको उचित प्रयोग गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ ।

बुधबार नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तयारीका लागि पाएको समयको अधिकतम उपयोग गर्दै आगामी १० वर्षभित्र मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने १५औं योजनाको दीर्घकालीन लक्ष्यपूर्तिमा केन्द्रित हुनुपर्ने बताउनु भएको हो ।नेपालको स्तरोन्नति गर्न देश तथा विदेशबाट ठूलो लगानीको आवश्यकता भएको भन्दै लगानी गर्न समेत प्रधानमन्त्री देउवाले अपिल गर्नु भएको छ ।