काठमाडौं । पुष ३ गते
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका देशबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम स्थगित भएको छ। आज अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ।

अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नु पर्ने सूचना निकालेको थियो। सो निर्णय स्थगित गरिए पनि स्थगनो कारण भने खुलाइएको छैन। अर्को सूचना नहुँदासम्मका लागि विदेशबाट आउने यात्रुहरूले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने छैन भनिएको छ।