काठमाडौं । माघ ७ गते
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भइरहेको छ ।आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू–भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।आज राती देशभर देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू(भागमा सामान्यतया सफा देखी आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका एक(दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।