×

Vajra NTV

आज संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु


काठमाडौं । फागुन २६ गते
आज बिहान करिब साढे सात बजे संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका वडा नं.६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परि १० जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको र हाल घटनास्थलमा उद्धारकार्य जारी छ ।


More

View All

News

Health

Sports