×

Vajra NTV

लक्षण नदेखिएका व्यक्तिहरूलाई उपचारका लागि पीसीआर टेष्ट अनिवार्य नगराउन स्वास्थ्य मन्त्रालयद्वारा निर्देशन


काठमाडौं । फागुन २८ गते
कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई स्वास्थ्य उपचारका लागि पीसीआर टेष्ट अनिवार्य नगराउन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेष्ट अनिवार्य हुने छैन ।यसअघि, अस्पतालमा अपरेशनलगायत भर्ना हुनका लागि पीसीआर अनिवार्य चाहिन्थ्यो ।

 


More

View All

News

Health

Sports