×

Vajra NTV

ललितपुरमा क्लिनिक वानद्वारा पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं । असार १३ गते
ललितपुरको जवालाखेलस्थित क्लिनिक वानले एकदिने पुरुष प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पुरुष प्रजनन स्वास्थ्य समस्या समाजमा व्याप्त हुँदा पनि यसका लागि परामर्श लिन जाने पुरुषको संख्या निकै कम भएकोले यस समस्यालाई सम्बोधन गर्न तथा जुन महिनालाई  पुरुष स्वास्थ्य महिनाुको रूपमा मनाउन क्लिनिक वान जाउलाखेलमा पुरुष प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको जनाएको छ ।

स्वास्थ्य शिविरमा नेपालकै पहिलो पुरुष प्रजनन स्वास्थ्य (एन्ड्रोलोजीमा पी.एच.डी) गरेका डा.गौरव पोख्रेलले स्वास्थ्य जाँच गरेका थिए । डा.गौरव पोख्रेलले नेपालमा बाझोपन सम्बन्धी समस्या भएका धेरै व्यक्तिहरूलाई कुन डाक्टरसँग परामर्श लिने भन्नेबारे जानकारी नभएको बताए ।

शिविरमा आएका बाझोपन सम्बन्धी समस्या भएका बिरामीहरूले मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिने गरेको उनले बताए । साथै शिविरमा आएका नवयुवाहरूलाई शीघ्र स्खलन तथा धेरै हस्तमैथुन गर्दा हुँदा नपुंसकता हुन्छ कि ? भन्ने जस्ता जिज्ञासा भएको उनले बताए ।

त्यस्तै उनले स्वास्थ्य शिविरमा आएका धेरै व्यक्तिहरूलाई आफूलाई नपुंसकता रहेकोरनरहेको डर भएको बताएको जानकारी दिए । ुनेपालमा अझै पनि पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको कमी छ, त्यसैले भविष्यमा अझै पनि पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्न आवश्यक छ, डा.गौरव पोख्रेलले भने ।

आयोजक क्लिनिक वानका सीईओ रघु रानाले समाजमा अझै पनि पुरुष प्रजनन स्वास्थ्यको बारेमा खुला रूपमा कुरा नगर्ने र पुरुष प्रजनन स्वास्थ्यकोबारेमा खुलेर कुरा गर्न प्रोत्साहन गर्नका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए ।


More

View All

News

Health

Sports