×

Vajra NTV

चम्सुरको साग खानुका फाईदाहरु


काठमाडौं । साउन ७ गते
हरेक मौसममा सजिलै पाईने साग हो चम्सुर । हामीले दैनिक प्रयोग गर्ने साग मध्ये चम्सुरको साग पनि एक हो । यो साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदाजनक मानिन्छ ।चम्सुरको सागलाई निकै शुद्ध साग भनिन्छ। चम्सुर को साग स्वादका लागि मात्र होइन स्वास्थका लागि उतिकै फाइदाजनक मानिन्छ। यो साग लाई व्रत बसेको बेलामा धेरै उपभोग गरिन्छ। चम्सुरको साग खाँदा हाम्रो शरिरलाई फाइदा पुग्दछ। चिसो, रुघाखोकी, जिउ दुख्ने समस्या हुनेले चम्सुरको साग सेवन गर्दा फाइदा गर्दछ।

प्रचुर मात्रामा भिटामिन पाइने यसको सेवनले शरीरका विजातीय (काम नलाग्ने) पदार्थहरू हटाउँछ। त्यस्तै, शरीरमा मुसा, खटिरा, छालाको रोग, दाद, डन्डिफोर, दुबी भएमा हरियो रस या लेदो बनाएर औषधिको रुपमा प्रयोग गर्न सकिन्छ। बास्नादार चम्सुर मसलाको रूपमा पनि प्रयोग गरिन्छ। सम्सुरको साग खानुका फाईदाबारे तल उल्लेख गरिएको छ ।

समा प्रशस्त भिटामिन पाइने हुनाले गर्भवती महिलाको लागि पनि फाइदाजनक हुन्छ ।चम्सुरको सेबनले चिसो, रुघाखोकी, जिउ दुख्ने समस्या भएकालाई फाइदाजनक छ ।यसको सेबन गर्नाले रगत बढाउन पनि सहयोग गर्छ ।यदी शरिरमा मुसा, खटिरा, छालाको रोग, दाद, डन्डिफोर आएमा यसको रस बनाएर लगाउदा राम्रो हुन्छ ।

यसमा भिटामिन ए, सी र के प्रशस्त मात्रामा पाइने हुनाले आँखाको ज्योति बढाउँछ । रतन्धो, मोती बिन्दुबाट बचाउँछ ।चम्सुर खानाले खाना पचाउन सहयोग गर्छ । यसको सुप खानाले मुटुलाई धेरै फाइदा गर्छ ।


More

View All

News

Health

Sports