×

Vajra NTV

बजारका तरकारीलाई यसरी बिषादीरहित बनाएर खानुहोस्


www.hyonjanherbal.com

www.hyonjanherbal.com

काठमाडौं । स्वास्थ्यका लागि मौसमी सागसब्जी खानुपर्छ भनिन्छ । तर, बजारमा उपलब्ध सागसब्जीको गुणस्तर एवं शुद्धतामाथि उपभोक्ता ढुक्क छैनन् । किनभने बजारबाट हाम्रो भान्सासम्म आइपुग्ने सागसब्जी पूर्णत जैविक उत्पादनन् होइनन् । सागसब्जी रोप्ने, उमार्ने, भण्डारण गर्ने क्रममा रासयनिक मल, किरा मार्न किटनासक औषधि प्रयोग गरिन्छ ।यसरी विषाक्त बनेर भित्रिने सागसब्जीबाट कसरी उन्मुक्ति पाउने रु यसको सार्वोत्तम विकल्प भनेको जैविक विधीबाट उत्पादन गरिने सागसब्जी, फलफूल खरिद गर्नु हो । तर, अहिल जैविक विधीबाट उत्पादित फलफूल, सागसब्जी, अन्न हामीले सहजै प्राप्त गर्न सक्दैनौं ।अर्कोतिर हामी आफ्नै खेतीबाली नहुन सक्छ ।अर्थात हामी बजारमा नै निर्भर हुनुपर्ने वाध्यता छ ।

यस्तो अवस्थामा हामीले केही खानेकुरालाई भान्सामा नै शुद्धिकरण गर्न सकिन्छ । भलै यो विधीबाट पूर्णत जैविक खानेकुरा प्राप्त गर्न नसकिए पनि विषाक्त तत्व हटाउन सकिन्छ ।बजारबाट खरिद गरेर ल्याएपछि फलफूल तथा सागसब्जीलाई एउटै भाडोमा राखेर पर्याप्त मात्रामा पानी हाल्नु पर्छ । अब यसमा भिनेगर हालेर करिब १५ मिनेट छोड्नु पर्छ । त्यसपछि, उक्त भाडोबाट फलफूल तथा सागसब्जी हटाएर राम्ररी धुनु पर्छ । यो विधि अपनाएमा फलफूल तथा सागसब्जीबाट ९८ प्रतिशत सम्म किटनाशक औषधिलाई हटाउन सकिन्छ । त्यसैले, फलफूल तथा सागसब्जीमा प्रयोग गरिएको किटानशक औषधी हटाउने यो सरल उपाय मानिन्छ ।

www.hyonjanherbal.com

www.hyonjanherbal.com

हामी सोच्छौं, राम्ररी खाएमा हाम्रो शरीरलाई आवश्यक तत्व प्राप्त हुन्छ । त्यसैले फलफूल तथा सागसब्जीको सेवन गर्छौ । जबकी यस्ता खानेकुरामा अत्याधिक मात्रामा किटनासक विषादीको प्रयोग गरिएको हुन्छ । यस्ता किटनाशक विषादी विशेषगरी बाटबिरुवामा लागेको किरा मार्न प्रयोग हुने गर्दछ ।यस्ता किटानशक औषधी साधारण पानीले धोएर जाँदैन । त्यसैले, अत्याधिक मात्रामा किटानशक औषधी प्रयोग गरिएको फलको सेवनले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । अहिले मिर्गौलाको समस्यादेखि क्यान्सरसम्म जटिलता यस्तै खानपानले निम्त्याएको हो ।किटानशक विषादीका सेवनले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्छ । विभिन्न अध्ययनले जनाए अनुसार आहारमा किटनाशकको अत्याधिक प्रयोगले क्यान्सर, मिर्गौला तथा फोक्सो सम्बन्धि समस्या निम्तने गर्छ ।

बच्चामा विभिन्न किसिमका संक्रमण निम्त्याउने गर्छ । यसको सम्पर्कमा रहनाले बाल्यकालमै क्यान्सर, अटिज्म, एकाग्रता नहुने, सक्रियताको कमी जस्ता समस्या हुने गर्छ ।गर्भवतीले किटनाशक युक्त फलफूल खाएमा यसले भ्रुणलाई समेत प्रभावित पार्छ । जसका कारण जन्मसम्बन्धि जटिलता हुन सक्छ । त्यसबाहेक, यसको सेवनले वाकवाकी लाग्ने,पखाला लाग्ने, पेट बौडिने, चक्कर आउने, तनाव, फूड प्वाइजनिङ्ग हुनसक्छ ।किटनाशक एक किसिमको रसायन पदार्थ हो । यसको प्रयोग बोट विरुवामा लागेको किरा मार्न गरिन्छ ।खेती किसानीमा अहिले किटनासको प्रयोग अनिवार्य जस्तै हुँदै आएको छ । आलु, गोलभेडा, सागसब्जी, खुर्सानी सबै अन्नबालीमा किटनासक प्रयोग गरिदै आएको छ ।

www.hyonjanherbal.com

www.hyonjanherbal.com


More

View All

News

Health

Sports