×

Vajra NTV

नरिवलको तेलले हटाउनेछ, घुडाँ र कुइनोको कालो दाग


काठमाडौं । हामी मध्ये धेरै जना यस्ता पनि छन्, जो सधै आफ्नो अनुहारमा मात्र ध्यान दिन्छन्। अनुहारलाई चम्किलो बनाउन, कुनै पनि दागरहित, टोनसमेत बनाउन धेरै कुरा गर्छन तर यी सबैको बीचमा मानिसहरू कुहिनो र घुँडामा ध्यान दिन भने असमर्थ हुन्छन्। सायद तपाईले यो कुरामा ध्यान दिनु भएको होला तर यो पढेपछि तपाईले पनि यो कुरा याद गर्नु हुनेछ।

www.hyonjanherbal.com +977 9851060645. 9861635983, 9808099234

जब तपाइँ छोटो लुगा वा स्कर्टस लगाउनुहुन्छ, तपाइँको घुँडाको फरक रंगले तपाइँको लुकलाई अलि बिगार्छ। अर्कोतर्फ स्लिभलेस र छोटो बाहुलाको लुगा लगाएर कुहिनोको कालो रंग देखेर तपाई पनि दिक्क पर्नु होला ? कतिपयले सफा गर्ने कोसिस पनि गरे पनि गर्न सकेका छैनन् । तर आज हामी तपाईलाई केहि यस्ता घरेलु उपायहरु बताउने छौ, जसले तपाईको समस्या समाधान गर्नेछ । तपाईं तिनीहरूलाई प्रयोग गरेर आफ्नो घुँडा र कुहिनो चम्किलो बनाउन सक्नुहुन्छ।

घुँडा र कुहिनो को कालोपन कसरी हटाउने
नरिवलको तेल छालाका लागि फाइदाजनक हुन्छ । यो धेरै छाला हेरचाहमा प्रयोग गरिन्छ। यसमा भिटामिन ई पाइन्छ जसले छालाको टोनलाई हल्का बनाउन मद्दत गर्दछ, साथै यसले छालालाई मोइश्चराइज राख्न र क्षतिग्रस्त छालालाई मर्मत गर्न पनि मद्दत गर्दछ।

तपाईं धेरै तरिकामा नरिवल तेल प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईं चाहनुहुन्छ भने नुहाइसकेपछि आफ्नो कुहिनो र घुँडालाई नरिवलको तेलले १०–१५ मिनेटसम्म मालिस गर्नुहोस्। तपाईंले यो दिनमा २–३ पटक गर्नुपर्छ। तेल पूरै सुक्दासम्म मालिस गर्नुहोस्।

नरिवलको तेलमा केही थोपा कागतीको रस मिसाएर कुहिनो र घुँडामा मसाज गर्नुहोस्। छालामा पूरै अवशोषित नभएसम्म मसाज गर्नुपर्छ। राम्रो नतिजाको लागि यो दिनमा २–३ पटक गर्नुहोस्। खाली बस्दा यो तेलले मसाज गर्नुहोस् ।

 नरिवलको तेलमा अखरोटको छालाको धूलो मिसाएर कुहिनो र घुँडाको मसाज पनि गर्न सक्नुहुन्छ। यसका लागि पाउडरलाई तेलमा मिसाएर पूरै सुकेसम्म मसाज गर्नुहोस् र त्यसपछि त्यसको बोक्रा निकाल्नु होस्। तपाईले दिमागमा राख्नु पर्ने भनेको राम्रो नतिजाको लागि तपाईले यसलाई नियमित रूपमा गर्नुपर्दछ।

www.hyonjanherbal.com +977 9851060645. 9861635983, 9808099234


More

View All

News

Health

Sports