काठमाडौं । फागुन ९ गते
आइतवारदेखि मौसममा केही बदलाव आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकीको उच्च पहाडी क्षेत्रमा हिमपात तथा पोखरामा भारी असिना वर्षाका कारण चिसो बढेको छ। काठमाडौंमा पनि आइतवार राति वर्षा भएको थियो।सोही कारण काठमाडौं उपत्यकामा चिसो बढेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले २४ घण्टा सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भू–भागको केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन महाशाखाले आग्रह गरेको छ ।