×

Vajra NTV

प्रादेशिक अस्पताल कलैयामा बिरामीको चाप बढ्दो


काठमाडौं । असार ३ गते
बाराको प्रादेशिक अस्पताल कलैयामा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले आइसियु सेवासहित ओपिडि सेवा, आकस्मिक तथा प्रसुति सेवालगायतको सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट गौरव महतोका अनुसार आइसियु सेवा, आकस्मिक सेवा, प्रसुति सेवासहित अहिले ७७ बेडसम्मको सुविधा बिरामीलाई उपलब्ध छ ।गर्मीयाममा सर्पदंश, झाडापखाला र ज्वरोका रोगी बढी आउने गरेको उनले जानकारी दिए । अस्पतालले उपचार सेवासहित कलैयामा २४ घण्टे फार्मेसी सेवा लगायत अन्य चेकजाँच सेवा पनि उपलब्ध गराउदै आएको छ ।

 


More

View All

News

Health

Sports