×

Vajra NTV

हैजा रोकथामबारे एनआरएनएको सुझाव, व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरणमा विशेष ध्यान दिऔं


काठमाडौं । असार २३ गते
गैरआवासिय नेपाली संघअन्तर्गतको विश्व स्वास्थ्य समितिले हैजाबाट जोगिन व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरणमा ध्यान दिन आग्रह गरेको छ ।पछिल्लो केही दिनयता नेपालको राजधानी काठमाडौंसहित विभिन्न ठाउँमा देखा परेको हैजा संक्रमणबारे आपतकालीन बुलेटिन प्रकाशित गर्दै स्वास्थ्य समितिले यस्तो आग्रह गरेको हो ।चिकित्सकहरू सञ्जीव सापकोटा, सागर पौडेल, प्रभात अधिकारी, प्रकाश श्रेष्ठ र शिवप्रसाद श्रेष्ठको मरामर्शमा तयार पारिएको स्वस्थ्य बुलेटिनमा हैजा अति संक्रामक झाडापखाला भएको उल्लेख छ ।

संक्रामक व्यक्तिको दिसाबाट बाहरी वातावरण हुँदै खाना र पानीको माध्यमबाट स्वस्थ मानिसम रोग सर्ने भन्दै चिकित्सकहरुले व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरण राख्न सबैले काम गर्नु पर्ने औंल्याएका छन् । ‘हैजा भिब्रियो कोलेरा प्रजातीको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखला रोग हो,’ चिकित्सकहरुले भनेका छन्, ‘यो रोग सीमित व्यक्तिबाट दिसाको बाहिर वातावरणमा पुग्दछ र स्वस्थ व्यक्तिमा दूधित खाना वा पानीको माध्यमबाट फैलिन्छ ।’

रोग संक्रमणपछि लक्षणका रुपमा पातलो चौलानी पानी जस्तो दिसा देखिने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने, पेट दुख्ने, ज्वरो आउने र असाध्यै तिर्खा लाग्ने हुने चिकित्सकहरुले बताएका छन् । आँखा गाडिनु, मुख जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलवियोजन भएको लक्षण हुने पनि बुलेटिनमा उल्लेख छ । यस्तै पिसाब पहेलो हुनु र पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनुलाई पनि कडा जलवियोजनको लक्षण मानिने उल्लेख छ ।

रोग संक्रमण नियन्त्रणका लागि व्यक्ति र समुदायबाटै काम गरिनु पर्ने भन्दै समितिको बुलेटिनमा वातावरणको बाहिरी सरसफाईमा विशेष ध्यान दिन आग्रह गरिएको छ । शौचालयमा मात्रै दिशा पिसा गर्न, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्न, दिसा र पिसावपछि राम्रोसंग मिचिमिचि साबुन पानीले हात धुन, खाना बानाउनुअघि साबुन पानीले हात धुन, पानी सधैं उमालेर, क्लेरिन झोल हालेर र विलल्टर गरेर मात्रै खान पनि समितिले सुझाएको छ ।


More

View All

News

Health

Sports