×

Vajra NTV

गोदावरी जेसीजको २६औँ पद हस्तान्तरण, नवनिर्वाचित अध्यक्षमा संजीब सिं तामाङ। ललितपुर ।


गोदावरी जेसीजको २६औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण सम्मान कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार गोदावरीमा आयोजित कार्यक्रममा गोदावरी जेसीज २०२५ का अध्यक्षले वर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष जेसी संजीव सिंह तामाङलाई पद हस्तान्तरण गर्नुभएको हो।


दाङबोला ग्युईठिम तामाङ सघँले डम्फु बजाएर साङ्ग सेर्गेम लगायतका गित गाउदै स्वागत गरेका कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय सरल साह यात्री पौडेलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो। उद्घाटन मन्तव्यका क्रममा उहाँले जेसीजमार्फत नेतृत्व विकास भई विश्वका विभिन्न मुलुकमा राष्ट्रपति र प्रधानमन्त्रीसमेत बनेको उदाहरण प्रस्तुत गर्दै युवाहरूका लागि जेसीज एक प्रभावकारी नेतृत्व विकासको मञ्च भएको बताउनुभयो।
कार्यक्रममा विशिष्ट अतिथिहरू बेल बहादुर लुङ्बा, सनोज महत, विजय खड्का र रमेशमान शाक्यको उपस्थिति रहेको थियो। गोदावरी जेसीजका कार्यकारी उपाध्यक्ष जेसी सिनेटर विकेशलाल श्रेष्ठ तथा नेपाल जेसीजकी उपाध्यक्ष जेसी मेनुका ओलीले जेसीज वर्ष २०२५ को बोर्ड टिमलाई विदाइ तथा वर्ष २०२६ को बोर्ड टिमलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो

गोदावरी जेसीज २०२६ का पदाधिकारीहरू
सर्वसम्मत रूपमा निर्वाचित पदाधिकारीहरूको विवरण यसप्रकार रहेको छः
अध्यक्ष : जेसी संजीव सिंह तामाङ
कार्यकारी उपाध्यक्ष : जेसी प्रजल रेग्मी
कार्यकारी उपाध्यक्ष : जेसी प्रतिक चालिसे
उपाध्यक्ष : जेसी आशा लामा
उपाध्यक्ष : जेसी मिलन तामाङ
उपाध्यक्ष : जेसी सुजन भट्टराई
उपाध्यक्ष : जेसी बलराम तामाङ
कानुनी सल्लाहकार : जेसी निरञ्जन आचार्य
महासचिव : जेसी आभास पोखरेल
कोषाध्यक्ष : जेसी अच्युत लामा
सह–कोषाध्यक्ष : शैलेन्द्र शाक्य
तालिम आयुक्त : जेसी पंकज रेग्मी


नवनिर्वाचित अध्यक्ष तामाङले सन् २०२६ का लागि विभिन्न पदमा जेसीज सदस्यहरूलाई मनोनयन समेत गर्नुभएको छ।
कार्यक्रममा जेसीज वर्ष २०२५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने सदस्यहरूलाई पुरस्कार वितरण गरिएको थियो। करिब ३०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा अध्यक्ष तामाङले आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभयो।
उनका अनुसार गोदावरी नगरपालिका भित्रका १ देखि १४ वडासम्मका युवाहरूलाई जेसीजमय बनाउने, स्थानीय पर्यटन प्रवर्द्धन गर्ने, युवाहरूलाई सामाजिक गतिविधिमा सक्रिय बनाउने जेसीज बाट नै अब वडा अध्यक्ष मेयर ससाद मन्त्री बनाउने विशेष तयारी गराउने र गोदावरी जेसीजलाई देशकै नम्बर एक जेसीज बनाउने लक्ष्यसहित आगामी वर्षका कार्यक्रमहरू अघि बढाइनेछ


More

View All

News

Health

Sports