काठमाडौं । जेठ २१ गते
शुक्रबार राति रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ४ स्थित दादिङमा रा १ त १६१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक महिला र एक किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भएको ट्याक्टर दुर्घटनामा परी दादिङकी ५० वर्षीया नन्दी बुढा र १५ वर्षीय आकाश बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए ।दुर्घटनामा परी ५९ वर्षीय ओइली पुन र ४५ वर्षका रुद्रबहादुर मल्ल घाइते भएका छन् । घाइतेका जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ ।