काठमाडौं । पुष १२ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज छोटो दुरीको लाभदायक यात्रा हुने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्ने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनुका साथै शत्रु पराजित पनि हुनेछन् ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउने योग रहेको छ भने आयआर्जनका क्षेत्रमा सुधार आउने तथा शेयर बजारमासमेत सफलता मिल्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज विद्या र बुद्धिको विकास हुने योग रहेको छ भने कुनै प्रसङ्गले मनमा शान्ति छाउने तथा वित्तिय संस्थाबाट सहयोग पाइनुका साथै यात्रामा रूचि पनि बढ्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज महिला मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने बन्धु बान्धवबाट सहयोग मिल्नुका साथै वैदेशिक र न्यायिक कार्यमा पनि सफलता मिल्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नयाँ काम वा रोजगार पाइने योग रहेको छ भने जोशजाँगर र उमंग बढ्नुका साथै र्थिक कारोबारमा सफलता पाइने तथा बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कार्यक्षेत्रमा प्रगति हुने योग रहेको छ भने आफन्तको सहयोग प्राप्त हुने तथा पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनुका साथै पुँजी बजारले पनि साथ दिनेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज अनावश्यक ठाउँमा धन खर्च हुनुका साथै स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने तथा मनमा चञ्चलता समेत बढ्नेछ, तर आफन्तले सहयोग गर्नेछन् ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने राजनैतिक क्षेत्रमा सफलता मिल्नुका साथै अचल सम्पत्ति हात पर्ने योग छ भने दिन भ्रमणमा पनि बित्ने छ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज घरमा अतिथिको आगमन हुने योग रहेको छ भने पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइनुका साथै घरजग्गाको कारोबारमा सफलता पनि मिल्नेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । वैदेशिक कार्यहरूमा सफलता मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज मनमा शङ्का उत्पन्न हुने योग रहेको छ भने पारिवारिक उल्झनमा परि काम बिग्रिनुका साथै अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्ने योग रहेको छ भने समाजसेवामा मन लाग्ने तथा कुनै कुराले मनमा प्रसन्न रहनुका साथै लाभदायक यात्राको योग पनि छ । रा