×

Vajra NTV

हरेक हप्ताको बुधबार सांस्कृतिक पोशाक लगाएर विद्यालय जान पाउने


काठमाडौं । असार १४ गते
कमल योञ्जन तामाङ

नुवाकोट, म्यागङ गा.पा.भित्रका सम्पूर्ण विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले हरेक हप्ताको प्रत्येक बुधबारका दिन आ–आफ्नो सांस्कृतिक पोशाक लगाएर  विद्यालय जान पाउने भएको छ।
२०७८ असार १० गतेका दिन म्यागङ गाउँपालिका, नुवाकोट गाउँसभामा पास गराई म्यागङ राजपत्रमा २०७८ असार २१ गते प्रकाशित गरिएको थियो।

वर्षात तथा कोरोनाको कारणले तत्कालीन समयमा लागू नभएपनि २०७९ जेठ १४ गते बसेको हेड मास्टरहरुको बैठकबाट उक्त नियम लागु गरिएको म्यागङ–२, बुङताङ, श्री सरस्वती माविका शिक्षक धनम तामाङले जानकारी दिएका छन् ।

लगभग ९५ प्रतिशत तामाङ जातिको बाहुल्यता रहेको म्यागङ गा.पा.भित्र एउटै पोशाकबाट उत्पन्न निरासपन हटाउन र सांस्कृतिक पहिचान जोगाउन लागू गरेको कुरा शिक्षा शाखा प्रमुख शेरसिङ राउतले जानकारी दिएका छन् ।


More

View All

News

Health

Sports