×

Vajra NTV

महाशिवरात्रीमा गोदावरी जेसीज र पोदार कल्याण समाज नेपालद्वारा निशुल्क खाना, स्वास्थ्य शिविर


काठमाण्डौ । महाशिवरात्रीको पावन अवसरमा गोदावरी जेसीज र पोदार कल्याण समाज नेपाल द्वारा निशुल्क चिया, खाना, पानी वितरण र निशुल्क स्वाथ्या शिविर तिलगङगा काठमाडौं पशुपतिमा सम्पन गरेको छ ।

www.hyonjanherbal.com

www.hyonjanherbal.com

गोदावरी जेसीज र पोदार कल्याण समाज नेपालले विगतको शिवरात्रिमा चिया पानी खाना र स्वाथ्य शिविर निशुल्क गर्दै आएको छ । दिउसो १ बजे देखि ५ बजे सम्म खानाको लाइनमा भिड धेरै भएकोले स्वयम् सेवकहरु भिड ब्यवस्थापन गर्न हम्मे हम्मे भएको थियो ।

काठमाडौं उपत्यका भित्रको भन्दा पनि बाहिरी जिल्लाबाट २/३ दिन लगाएर पशुपतिनाथको दर्शनका निमित्त आउने भक्तजनहरुलाई सेवा गर्न पाउदा ज्यादै खुशी ब्यक्त गरेका छन पोदार कल्याण समाज नेपालका अध्यक्ष रनजीत पोदार।

www.hyonjanherbal.com

www.hyonjanherbal.com
बिहान ७ बजेबाट बेलुका ७ बजे सम्ममा तिन हजार कप भन्दा धेरै चिया, दुई सय ओटा भन्दा माथि पानीको जार र दश हजार भन्दा बढी खाना वितरण तथा पन्ध्र सय जनाले स्वास्थ्य शिविरमा चेकजाच गरी औषधि लिएको थियो। रुघा खोकी र टाउको दुखाइको औषधि लिने र फ्रेसर जाच गर्नेहरुको भिड भेटिन्थ्यो ।
मनवताको सेवा नै जीवनको सर्बोतम कार्य हो भन्नु हुन्छ जेसीजको अध्यक्ष लोक बहादुर ब्लोन, जहा हजारौ भक्तजनको सेवा गर्न पाउदा खुशी ब्यक्त गरेका छ्न। पोदार कल्याण समाज नेपाल र गोदावरी जेसीज को गरी लगभग ५० जना स्वयम् सेवक परिचालन गरेको थियो ।

 

www.hyonjanherbal.com

www.hyonjanherbal.com

यो भिडियो हेर्नुस।

  

More

View All

News

Health

Sports