काठमाडौं । मंसिर २९ गते
आजदेखि राष्ट्रिय बाघ गणनाअन्तर्गत बाँके–बर्दिया क्षेत्रमा औपचारिक रुपमा गणना सुरु हुँदैछ।बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाका लागि सबै तयारी पूरा भएको छ।

आज बिहान ११ बजेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, वन मन्त्रालयअन्तर्गतको योजना तथा समन्वय महाशाखाका प्रमुख, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवसहितको उपस्थितिमा औपचारिक कार्यक्रममार्फत गणनाको सुरुवात भएको छ।राष्ट्रिय बाघ गणना मंसिर १९ गते चितवन–पर्सा कम्प्लेक्सबाट सुरु भएको हो।
सोही अभियानअन्तर्गत बाँके–बर्दिया क्षेत्रमा बुधबारदेखि सुरु हुन लागेको हो।गणनामा खटिने करिब १०० जना गणकलाई सात समूहमा विभाजन गरिएको र एउटा समूहमा कम्तीमा ६ जना रहने प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए।