काठमाडौं । पुष ९ गते
कृष्ण यादव नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट सभापतिमा निर्वाचित भएका छन्।कांग्रेस प्रदेश संसदीय दलका नेता राम सरोज यादवलाई १४० मतान्तरले पराजित गर्दै उनी सभापति बनेका हुन्।

उनले उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका हुन्।विमलेन्द्र निधि पक्षबाट रामसरोज उम्मेदवार बनेका थिए।
उनलाई डा. शेखर कोइराला पक्षले पनि समर्थन गरेको थियो।प्रदेश सभापतिमा निर्वाचित भएपछि संचारकर्मीसँग कुराकानी गर्दै यादवले सबैलाई समेटेर अगाडि बढने बताए। पार्टी बलियो बनाउने र आउने चुनावमा जित दिलाउने गरि काम गर्ने उनको भनाइ थियो।