काठमाडौं । असार १८ गते
शुक्रवार म्हेन्दोमाया समाज दोहा कतारले तेस्रो अधिवेशन सम्पन्न गरेको छ । नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापित भाषा,धर्म,लिपि,भेषभूषा र संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान भन्ने मुल नाराका साथ स्थापना गरिएको म्हेन्दोमाया समाज दोहा कतारको तेस्रो अधिवेशन सम्पन्न गरिएको हो । उक्त तेस्रो अधिवेशनबाट सन्जय डिम्डुङ तामाङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।

त्यस्तै निवर्तमान अध्यक्ष प्रकाश मम्बा तामाङको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिले सफलताका साथ आफ्नो कार्यकाल पूरा गरेकोमा म्हेन्दोमाया समाज दोहा कतारका महासचिव ले आभार प्रकट गरेको छ ।

नव निर्वाचित कार्यसमितिको अध्यक्षमासन्जय डिम्डुङ तामाङ, प्रथम उपाध्यक्ष गुर्व लामा, द्वितीय उपाध्यक्ष मोइराम तामाङ, सचिव गणेश रुम्बा तामाङ, सह सचिव गंगा सिं तामाङ , कोषाध्यक्ष राम थोकर, सह कोषाध्यक्ष भिम मम्बा तामाङ रहेका छन् । त्यस्तै सदस्यहरुमा कुसुम लोप्चन , सोमन दोर्जे पाख्रीन ,प्रदिप थिङ तामाङ,नवराज बोम्जन, मान ब।तामाङ,अस्मिता तामाङ,अशिका तामाङ, सबिन तामाङ (सानो गोर्खे),चित्र ब. तामाङ, सिजन तामाङ रहेका छन् ।