को हुन् जेचुन साङ्ग्ये खाण्डो रिन्पोछे ?
बुबा बिसंबहादुर थिङ तामाङ र आमा सुनमाया वाइबा तामाङको कोखमा मिति २०५३/मंसिर /२५ गते का दिन बकैया गाउँपालिका वडा नं. १० (साविक मन्थली गा.वि.स. वडा नं. ८ सोलीथुम, जिल्ला मकवानपुर)मा जन्म लिनु भएको जुनामाया थिङ तामाङ हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. १२, सोलुडाँडा-कपन, जिल्ला काठमाडौंमा बस्दै आईरहनु भएको छ ।
जुनामाया थिङ तामाङ आर्थत् धार्मिक पहिचान जेचुन साङ्ग्ये खाण्डो रिन्पोछे रुपमा कहिलेबाट भयो ?
गोर्खा जिल्लाको चुमभ्यालीमा जन्मनुभई विशेषतः सिदे डुक्साङ गुम्बामा रहनुहुने बौद्ध धर्मगुरु: परम् पुज्यनीय धर्मगुरु डुक्पा रिन्पोछे डावाङ खेनरबज्यु द्वारा : वि.सं. २०७१ साल कात्तिक महिनाको गुरुपूर्णिमा दिन जुनामाया थिङ तामाङज्युको धार्मिक पहिचानपछिको नाम जेचुन् सङ्ग्ये खण्डो रिन्पोछे `गरिएको हो
जेचुन् सङ्ग्ये खण्डोको अर्थ के हो ?
टशी छिरिङ्मा (मङ्गल दीर्घायुषी देवी)को निर्माणकाय/अवतार
शुरूमा गुरु रिन्पोछेको पालामा छ्योइक्योङ (धर्मपाल) को रूपमा स्थापित हुनुभएको थियो ।
जेचुन् मिलारेपाको पालामा महामुद्राको साधना गर्नुभई बोधिसत्व भुवन प्राप्त गर्नुभएको थियो । मिलारेपाको मुखारविन्दबाट नै भविष्यमा बौद्ध धर्मको रक्षा तथा प्रवर्द्धनको लागि बोधिसत्व मङ्गल दीर्घायुषी देवीको निर्माणकाय मानव चोलामा आउनुहुनेछ भनी भविष्यवाणी गर्नुभएको थियो ।
जेचुन् सङ्ग्ये खण्डो रिन्पोछे अध्ययन :
आधुनिक शिक्षा : शिक्षा सङ्कायतर्फ स्नातक तह ।
धार्मिक शिक्षा तर्फा
१) विद्याधर योगी उर्गेन गुरुबाट बौद्धधर्मको प्रारम्भिक शिक्षा र दीक्षा प्राप्त गर्नुभएको ।
२) जोङ्सर बौद्ध महाविश्वविद्यालय, हिमाञ्चल प्रदेशबाट ह्रिग्ने (व्याकरण) तथा पञ्चमहाशास्त्रहरूका अध्ययन साथै १८ प्रसिद्ध महाशास्त्रका ठी लुङ (व्याख्यान् र आगम) सोही महाविश्वविद्यालयका खेन्छेन (प्रधानाध्यापक) सम्डुप ज्यूबाट लिनुभएको ।
३) लोछेन डिड्यिगको प्रारम्भिक शिक्षा क्यब्जे ञिच्यङ रिन्पोछेज्यू (कालिम्पोङ) बाट लिनुभएको ।
४) महामहिम् क्यब्जे जोड्सर खेन्चे रिन्पोछेज्यूद्वारा गुह्यतन्त्रयानका प्रशस्त आगम र अभिषेकहरू लिनुभएको ।
५) धेरै कल्याणगुरुहरूद्वारा विभिन्न समयमा बौद्ध शिक्षा लिँदै आइरहनुभएको ।
संस्थागतरुपमा : बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्र, कपन स्थित ,वि.सं. २०७५/फाल्गुन /२२ काठमाणडौका संस्थापक अध्यक्ष रही ६ वर्ष सेवा गर्नुभइसकेकाे र हाल निर्देशक, संरक्षक र सल्लाहकारकाे भूमिका निर्वाह गरिरहनुभएकाे ।
धार्मिक कार्यहरू :
१) BEC Channel र vajratv मार्फत बौद्धधर्म शिक्षा सम्बन्धी निरन्तर प्रवचन प्रस्तुत् ।
२) विविध माध्यमद्वारा प्रवचन तथा अन्तरवार्ता ।
३) विभिन्न तिथिका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदै धर्मदेशसना गर्दै आउनुभएको ।
४) बौद्ध ग्रन्थका अनुवाद कार्यलाई निरन्तरता दिँदै आउनुभएको ।
५) छेथर लगायतका कार्यहरूका आयोजना गर्दै आउनुभएको ।
६) बौद्ध तीर्थस्थल भएर पनि लुप्त भएर रहेका स्थानहरूका पहिचान तथा भ्रमण गर्दै आउनुभएको ।
७) १८ दिनसम्म १० करोड वज्रगुरु जप साधना कार्यक्रम गर्नुभएको ।
सामाजिक/लोकहितका कार्यहरू :
१) बाढी पीडितका लागि राहत वितरण गर्नुभएको ।
२) कोरोना सङ्क्रमणको समयमा खाना खुवाउने तथा राहत वितरण गर्नुभएको ।
३) विकट गाउँका विद्यार्थीहरूलाई ब्याग लगायतका स्टेशनरी वितरण गर्नुभएको ।
४) विभिन्न प्रकारका बिमारका उपचार गर्दै आउनुभएको ।
५) सुवालटोल पाटनस्थित डीप बोरिङको पानी सुकेपछि पूजा गरी पुनः पहिलेको जत्ति नै पानी निकाल्नुभएको ।
६) वातावरणीय सरसफाइ तथा महिला जनचेतनामुलक कार्यक्रमहरूका आयोजना गर्दै आउनुभएको ।
७) सम्भोटा लिपि प्रशिक्षण (विशेषतः गलैंचा मजदूरलाई लक्षित गरी) तथा ध्यान विधि सिकाइ सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नुभएको ।
८) गाउँका लामाहरूलाई एक महिनासम्म विपस्यना ध्यान शिविर सञ्चालन तथा तोर्मा सम्बन्धी प्रशिक्षण ।
९) विभिन्न स्थानमा २३ औं भन्दा पनि धेरै पटकसम्म ज्युड्ने शिविर सञ्चालन गर्नुभएको ।
१०) बौद्धशिक्षासम्बन्धी युवाअभिमुख तथा अन्तरक्रियात्मक कार्यक्रमको सञ्चालन गर्नुभएको ।
११) विदेशी नागारिकलाई बौद्धशिक्षासम्बन्धी प्रारम्भिक ज्ञानसहित ध्यान अभ्यास गराउनुभएको ।
अनुवादित पुस्तकहरू :
१.ञ्युङ्ने साधना लाभ तथा अनुभूति वर्णन
२. पारमितायानकाे मार्ग साधना
३.समग्र धर्मपाल सङ्क्षिप्त बलिविधि
४.जीनपुत्र आचरण( सैंतीस श्लाेक, अनुवाद र स्पष्टिकरण)
थप जानकारी , वाङ्ग अभिषेक र दर्शनका लागि बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रका अध्यक्ष श्रदेय धर्म गुरु खेन्पो पल्साङ नोर्बु बोम्जन तामाङज्युलाई सम्पर्क गर्न सक्नु हुनेछ।
सम्पर्क नम्बरहरू :
9849174651, 9803665989, 9860455963, 9851060645, 9849038967, 9851183496
पुरा भिडियो पनि हेर्नुहोस :
