www.hyonjanherbal.com
ऋद्धि प्रतिहार्य दिवसको अवसरमा यही फागुन ११ र १२ गते बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रको आयोजना तथा गोदावरी जेसिस, ललितपुर सह–आयोजनामा दुई दिनसम्म मैत्री फेमिली होमस्टे, सोलुडाँडा–कपनमा सम्पन्न भएको छ ।
यो हेर्नुहोस
आयोजक बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रतर्फबाट चौथो पटक छेथर अर्थात् जीवनदान वा प्राण दान समेत गरिएको थियो । कुनै पनि प्राणीलाई छेथर गरी स्वतन्त्र पारिएमा सात जुनीसम्म दुर्गतिमा पतन हुनुपर्ने छैन । अज्ञानतावश एक सय व्यक्ति वा एक सय घोडाका हत्या गरेकै व्यक्तिले पनि एकै पटक छेथर गर्दछ भने पनि उक्त महापापबाट मुक्ति प्राप्त गर्नेछ । कसैले १३ पटकसम्म छेथर गर्दछ भने १० औँ हजार कल्पसम्म गरिएका पापहरू शोधन हुनेछन् । यस्तै गरी आयु क्षीण भइसकेको मान्छेको नामबाट १३ पटकसम्म छेथर गरिएमा तीन वर्षसम्म आयु लम्बिनेछ । यदि छेथर गरिएको एउटा मात्रै प्राणीको हत्या गरे वा हत्या गरी मासु सेवन गरेमा एक सय जनाका हत्या गरे बराबरको पाप भोग्नुपर्नेछ ।
www.hyonjanherbal.com

ङिमादावा पाख्रिन र हिउँमाया लोप्चनले व्यवस्थापकमा गरिएको कार्यक्रममा तेर्तोन् नम्खैढिमे वङ्छ्युग रिन्पोछे र जेचुन् सङ्ग्ये खण्डो रिन्पोछेको विशेष समुपस्थिति भएको हो । रिन्पोछेहरूद्वारा प्रवचनसहित च’सुम र कोन्छ्योग च्यिदुइबाट छे वङ ढुप्पा समेत भएको थियो।
www.hyonjanherbal.com