
काठमाण्डौ । १८ देखि ४० वर्ष उमेरको मान्छेलाइ नेतृत्व प्रधान गरी समाजका हरेक तह र तप्कामा सक्षम नेतृत्व गर्ने युवा पुस्ता जन्माउने अन्तरास्ट्रीय सस्था हो जेसीज । जेसीज नेपाल भरी १७७ वटा शाखाहरु छन, जस मध्य गोदावरी जेसीज पनि एक हो र गोदावरी जेसीज २०२४ को अध्यक्ष भएका छन लोक बहादुर ब्लोन तामाङ ।
यि हुन्, जेसीजले काम गर्दै आएको चार वटा क्षेत्र :
१) व्यक्तित्व विकास
२) सामाजिक कार्य
३) व्यापारा/व्यवसाय
४) अन्तरास्ट्रीय क्षेत्र


“शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ “भन्ने नाराले नेपालको ससदीय प्रणालीमा समेत यो नाराले हलचल ल्याएको थियो । जेसीज विधि र विधानमा एक व्यक्ति, एक पद र एक कार्याकाल तोकेको हुन्छ, १ वर्ष मात्रै कार्याकाल हुन्छ र दोहोरिएर पनि अध्यक्ष पदमा बस्न पाईदैन । पहिलो पटक जेसीजको कार्यक्रममा सहभगी हुदा देखेको सपना पुरा भएको अध्यक्ष ब्लोनले बताए | आफ्नो कार्यकालमा कुरा भन्दा पनि काम गरेर देखाउनु पर्ने उनको भनाई थियो ।

यो भिडियो हेर्नुस्,